कोरोनाबाट हुने मृत्यु शुन्यमा झर्यो, थप १५९ जनामा संक्रमण पुष्टि

१९ माघ २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दोस्रोपटक शुन्यमा झरेको छ । आज कोरोना संक्रमणबाट नेपालमा कसैको पनि मृत्यु भएको छैन । यसअघि माघ १५ गते मृत्युदर शून्यमा झरेको थियो । मन्त्रालयको विवरण अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट दुई हजार २९ जनाले ज्यान गुमाएका छन्।
नेपालमा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७१११८ पुगेको छ । ४१४५ जनाको पीसीआर परीक्षण गर्दा १५९ जनामा संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशको काठमाडौंमा मात्र ७० जनामा कोरोना पुष्टि भएको छ।
काभ्रेमा ५, चितवनमा १६, धादिङमा १, नुवाकोटमा ५, भक्तपुरमा ५, मकवानपुरमा १ र ललितपुरमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
नेपालमा थप २६४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६६६०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२८ जना कोरोना संक्रमितको आइसियुमा र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रतिक्रिया