Main News

धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

हिमालय टिभी
२०७७ माघ १९ गते १२:४३
धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

१९ माघ २०७७ धादिङ । धादिङको सिम्लेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

चितवनबाट रड बोकेर काठमाडौंका लागि छुटेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा रड बोकेको ट्रकमा सवार संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ७ का २३ वर्षीय किरण कार्की र बर्दिया सानो श्री ताराताल नगरपालिकाका २२ वर्षका किरणप्रताप गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते नवलपरासरीको सुनवल नगरपालिका वडा नम्बर ६ का चालक ३७ लिलाराम अधिकारीको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षति भएको छ । अर्को ट्रकमा सामान्य क्षति पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *