Main News

वाग्मती प्रदेशसभाको बैठक आज, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा छलफल

हिमालय टिभी
२०७७ माघ १९ गते ६:२५
वाग्मती प्रदेशसभाको बैठक आज, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा छलफल

१९ माघ २०७७ काठमाडौं । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही माघ १९ गते अर्थात आज दिनको २ बजे पुनः बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभएको छ ।

प्रदेशसभाको सातौँ बैठक अधिवेशनको गत माघ ७ गते (प्रथम) र गत माघ ९ गते (दोस्रो) बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित गरिएको थियो ।

प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *