१८ माघ २०७७ बुटवल । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउन कै लागि निर्वाचन घोषणा गरेको दावी गर्नुभएको छ ।
बुटवलमा पत्रकारहरुसँग नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्ब्याउनका लागि चुनावको मिति घोषणा गरेको दावी गर्नुभयो । उहाँले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो ।
नेता रिजालले सत्तामा आएपछि नियम कानून केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको टिप्पणी गर्नुभयो ।