Main News

संसद विघटनविरुद्ध सहिद धर्मभक्तले बलिदान दिएको स्थानमा नागरिक समाजको प्रदर्शन

हिमालय टिभी
२०७७ माघ १८ गते १७:११
संसद विघटनविरुद्ध सहिद धर्मभक्तले बलिदान दिएको स्थानमा नागरिक समाजको प्रदर्शन

१८ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक समाजले आज काठमाडौंका सिफलमा प्रदर्शन गरेको छ ।

सहिद धर्मभक्त माथेमाले बलिदान पाएको ठाउँमा गएर नागरिक अगुवाले प्रतिनिधि सभा विघटनको विरोध गरेका हुन् । प्रदर्शनमा लेखक, पत्रकार, कलाकार लगायत सहभागी थिए ।

सहभागीहरुले अहिले सत्तामा निरंकुश राजा आएको र सहिदको बलिदानबाट प्राप्त अधिकारको अवमूल्यन भएकाले आफूहरु सडकमा उत्रिनु परेको बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘संविधानमाथिको प्रहार इतिहासकै ठूलो अत्याचार, जो रक्षक उही भक्षक, दलको झगडामा संविधानलाई बलि चढाउन पाइँदैन लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रतिनिधि सभा विघटनको विरोधमा गत महिनादेखि नै विरोध प्रदर्शनमा उत्रिएका नागरिक अगुवाले सहिद सप्ताहको सन्द्रर्भ पारेर गत हप्तादेखि सहिदसँग सम्बन्धित स्थानमा प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *