१८ माघ २०७७ काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७०९०९ पुगेको छ ।
कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०२९ पुगेको छ ।
नेपालमा थप २८८ जना कोरोना संक्रमित निको भए छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६६३३६ पुगेको छ ।
हाल २५९४ जना आइसोलेसनमा छन् भने १०२ जना क्वारन्टिनमा रहेका छन् ।