Main News

सभामुख सापकोटाद्वारा संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता (पत्रसहित)

हिमालय टिभी
२०७७ माघ १८ गते १६:२३
सभामुख सापकोटाद्वारा संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता (पत्रसहित)

१८ माघ २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्ले पुस ३० गते संवैधानिक निकायमा गरेका नियुक्तिको सिफारिस फिर्ता पठाइदिनुभएको छ ।

विवादास्पद अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्त गरेको भन्दै सभामुख सापकोटाले त्यससम्बन्धी कागजात फिर्ता पठाइदिनुभएको हो । प्रतिनिधिसभा विघटन भइसकेकाले संसदीय सुनुवाइ गर्ने अवस्था नरहेको पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश जारी गरेर पुस ३० विभिन्न संवैधानिक निकायमा ३९ जनालाई नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो । तर त्यो बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिस्कार गर्नुभएको थियो ।

सभामुख सापकोटाले संसद विघटन भएका कारण संसद सचिवालयले कागजातहरु सुनुवाई समिति समक्ष पेश गर्न नसक्नेसहित आठवटा कारण देखाएर कागजात फिर्ता पठाउनुभएको छ ।

जसमा अध्यादेश ल्याएर नियुक्तिको सिफारिस गरिनु नेपालको संविधान र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत भएको, सभामुखलाई जानकारी नै नदिई संवैधानिक परिषदको बैठक बोलाएर नियुक्ति गर्ने निर्णय गरिएको, लपत्र पठाउनुअघि ०७७ पुस ५ गते बिहानै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको उल्लेख छ ।

यसअघि पनि न्यायपरिषद सदस्य र निर्वाचन आयोगका सदस्य रामप्रसाद सिटौला र अयोधी प्रसाद यादवको हकमा पनि परिषदको सिफारिस फिर्ता पठाइएको नजिर रहेको सभामुखले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष ओलीले संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेलगत्तै प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

संसद रहेको अवस्थामा संसदीय सुनुवाइ आवश्यक पर्ने भए पनि संसद नभएको अवस्थामा सिफारिस भएको ४५ दिन भित्र स्वतः नियुक्त हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *