आज सामान्यतया मौसम सफा रहने

Himalaya Television
२०७७ माघ १८ गते ९:१४

आज सामान्यतया मौसम सफा रहने

१८ माघ २०७७ काठमाडौं । काठमाडौंमा आज बिहानको न्यूनतम् तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाअनुसार दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान गरिएको छ । काठमाडौको सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज प्रदेश नम्बर १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।

प्रदेश १ को उच्च पहाडी तथा हिमाली भुूभागका एक दुई स्थानमा हल्का हिमपाको संभावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs