Main News

काठमाडौंमा बर्डफ्लु संक्रमण पुष्टि, तारकेश्वर नगरपालिकामा भेटियो बर्डफ्लु

हिमालय टिभी
२०७७ माघ १७ गते १९:२४
काठमाडौंमा बर्डफ्लु संक्रमण पुष्टि, तारकेश्वर नगरपालिकामा भेटियो बर्डफ्लु

१७ माघ २०७७ काठमाडौं । नेपालमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित साङ्लेखोलामा पालिएका हाँस र टर्कीमा बर्डफ्लु भेटिएको जानकारी दिएको छ ।

साङ्लेखोलामा पालिएका हाँस कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरि सकेको विभागले स्पष्ट पारेको छ ।

त्यो ठाउँका १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाइ, ३२ वटा कुखुरा, २५ वटा टर्की, ५ सय ४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई समेत निसंक्रमण गरिएको विभागले जनाएको छ ।

रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । पछिल्ला केही दिनमा भारतमा बर्डफ्लु संक्रमण बढ्दै गएको छ ।

त्यसैले सरकारले भारतबाट कुखुराजन्य वस्तुको आयातमा रोक लगाएको छ । संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै देशभित्र पनि उच्च निगरानी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *