Main News
१०९ जना कोरोना संक्रमित थपिए, थप २ जनाको मृत्यु
२०७७ माघ १७ गते १६:२६
१७ माघ २०७७ काठमाडौं । नेपालमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७०८५४ पुगेको छ ।
कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२७ पुगेको छ ।
नेपालमा थप ३५० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६६०४८ पुगेको छ ।
हाल देशभर दुई हजार ७७९ जना आइसोलेसनमा तथा १०९ जना क्वारन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
प्रतिक्रिया