Main News

चुनावको तयारी र दल दर्ताबारे आयोगले नेकपाका दुवै पक्षसँग छलफल गर्ने

हिमालय टिभी
२०७७ माघ १७ गते ९:३९

१७ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले निर्वाचन तयारी र दल दर्ताबारे छलफल गर्न नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समूहलाई फेरी बोलाउने भएको छ।

निर्वाचन तयारीका विषयमा छलफल गर्न हिजो बोलाइएको बैठकमा थप समय माग गरी प्रचण्ड–नेपाल समूह अनुपस्थित भएपछि आयोगले नेकपाका दुवै समूहलाई पुनः बोलाउने भएको हो। तर त्यसको मिति भने तय भएको छैन ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुबै पक्षसँग समन्वय गरेर उपयुक्त समयमा छलफलका लागि बोलाउने बताउनुभयो । आयोगले गत साता मात्रै विवाद शुरु हुनुअघि साविककै नेकपालाई मान्यता दिँदै कानूनी रूपमा नेकपा एक भएको निष्कर्ष सुनाएको थियो।

प्रचण्ड–नेपालका तर्फबाट माघ १८ गतेसम्म काठमाडौंबाहिरका कार्यक्रममा व्यस्त हुनुपरेको भन्दै थप समय मागेकाले हिजो औपचारिक रूपमा दुई अध्यक्षसँग छलफल हुन सकेको थिएन ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि नेकपा राजनीतिक रुपमा विभाजित भइसकेको छ भने कानूनी रुपमा एक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *