Main News

प्रतिनिधिसभामा दर्ता भएको प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव वैधः वरिष्ठ अधिवक्ता श्रेष्ठ

हिमालय टिभी
२०७७ माघ १६ गते १९:०९
प्रतिनिधिसभामा दर्ता भएको प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव वैधः वरिष्ठ अधिवक्ता श्रेष्ठ

१६ माघ २०७७ काठमाडौं । पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभामा दर्ता गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव वैध रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस गर्दै श्रेष्ठले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित हुनुपूर्व नै अविश्वासको प्रस्ताव दर्ता भएकाले वैध रहेको तर्क गर्नुभएको हो ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले विगतमा गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवासम्मले संसद् विघटन गर्दा सूचना राजपत्रमा तत्काल प्रकाशित भएको उदाहरण दिँदै यसपटक प्रतिनिधिसभा विघटन हुँदा त्यो सूचना प्रकाशित हुनुपूर्व नै संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको बताउनुभयो ।

त्यही भएर अविश्वास प्रस्ताव वैध रहेको श्रेष्ठको दावी छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा छापिनु पहिल्यै संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको श्रेष्ठको भनाइ छ । पुस ५ गते संसद विघटन भए पनि राजपत्रमा सूचना माघ ८ गते छापिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *