Main News

संसद पुनर्स्थापनाको माग गर्दै नागरिक आन्दोलनको आव्हानमा नाटक प्रदर्शन

हिमालय टिभी
२०७७ माघ १६ गते १९:०५
संसद पुनर्स्थापनाको माग गर्दै नागरिक आन्दोलनको आव्हानमा नाटक प्रदर्शन

१६ माघ २०७७ काठमाडौं । संसद पुनर्स्थापनाको माग राख्दै र कलाकारहरूले नाटक प्रदर्शन गरेका छन् ।

बृहत नागरिक आन्दोलनको आह्वानमा आज टेकुस्थित शहीद शुक्रराज वृक्षमा नाटक देखाएका हुन् । कलाकारले शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिएको विषयमा नाटक प्रदर्शन गर्दै अहिले भएको संसद विघटनको विरोध गरे ।

संसद विघटनलाई उनीहरुले प्रतिगमन भनेका छन् । शहीद दिवसको अवसरमा आयोजित ‘प्रतिगमनविरुद्धको प्रतिरोध’ कार्यक्रममा लेखक नारायण ढकाल, रश्मिला प्रजापतिलगायतका वक्ताहरूले असंवैधानिक र अलोतान्त्रिक भन्दै संसद विघटन खारेज हुनुपर्ने माग गर्नुभयो ।

बृहत नागरिक आन्दोलनको आह्वानमा विभिन्न किसिमले संसद विघटनका विरुद्ध प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *