नेकपाको कुनै पनि समूहलाई आधिकारिकता नदिएको निर्वाचन आयोगको प्रष्टिकरण
१६ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले नेकपाको कुनै पनि समूहलाई आधिकारिता नदिएको प्रष्ट पारेको छ ।
ओली समूहले आफूले आधिकारिकता पाएको दाबी गरे लगत्तै निर्वाचन आयोगले त्यसको खण्डन गर्दै कुनै पनि समूहलाई आधिकारिता नदिएको बताएको हो । निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलका अनुसार अहिलेसम्म कुनै पनि समूह आधिकारिकता दाबी गर्दै नआएको र निर्णय पनि नभएको जानकारी दिनुभयो ।
अहिलेसम्म दुवै पक्ष राजनीतिक दलसबन्धी ऐनको दफा ५१ अनुसार अभिलेखिकरण गरिदिनु भनेर आएकाले आयोगले त्यसलाई अस्वीकार मात्र गरेको उहाँले जानकारी दिनुभयो ।
यसअघि नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले आयोगले निर्णय गरिसकेको र आफ्नो समूहले नै आधिकारिकता पाएको दावी गर्नुभएको थियो ।
निर्वाचन आयोगमा छलफलपछि नेम्वाङ्ले यस्तो दाबी गर्नुभएको थियो । आयोगले ओली र प्रचण्ड–नेपाल दुवै समूहसँग पुनः छलफल गर्ने पनि जनाएको छ ।
प्रतिक्रिया