Main News

भारतबाट थप कोरोनाविरुद्धको खोप ल्याउने तयारीमा सरकार

हिमालय टिभी
२०७७ माघ १५ गते १८:२०
भारतबाट थप कोरोनाविरुद्धको खोप ल्याउने तयारीमा सरकार

१५ माघ २०७७ काठमाडौं । सरकारले भारतबाट दोस्रो चरणको कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया थालेको छ ।

स्वास्थ्य मन्त्रालयले भारतबाट दोस्रो चरणको खोप ल्याउन पत्र पठाइसकेकाले छिट्टै आउने दाबी गरेको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरमणि अधिकारीले दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भएको बताउनुभयो ।

उहाँका अनुसार नेपाल सरकारले भारतसँग खोप खरिदसँगै अनुदानमा पनि खोप उपलब्ध गराउन अनुरोध गरेको छ । भारतका उच्च अधिकारीसँग नेपाल सरकारका तर्फबाट औपचारिक अनौपचारिक छलफल भइरहेकाले अनुदानमा पनि खोप आउन सक्ने डा. अधिकारीले बताउनुभयो । खरिद गरिने खोपको मूल्यसमेत निर्धारण हुन बाँकी छ ।

नेपालमा हिजोबाट खोप अभियान शुरु भएको छ । हिजो प्राविधिक कारणले खोप पुर्यासउन नसकिएका जिल्लामा आज खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लामा मात्रै खोप लगाउन शुरु गरिएको थियो ।

यस्तै, लुम्बिनी प्रदेशका केही जिल्ला र सुदूरपश्चिमको बाजुरामा पनि आज खोप लगाउन थालिएको छ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक खोप नेपालमा लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *