Main News

प्रधानमन्त्री ओलीलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

हिमालय टिभी
२०७७ माघ १५ गते १८:०३
प्रधानमन्त्री ओलीलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

१५ माघ २०७७ काठमाडौं । सर्वोच्च अदातलले प्रधानमन्त्री केपी ओलीलाई अदालतको अवहेलना मुद्दामा उपस्थित हुन आदेश गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले आज प्रधानमन्त्री ओलीको नाममा लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश जारी गरेको हो।

चार जना पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानाका नाममा पनि यस्तै आदेश जारी भएको छ । वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेको निवेदनमा सुनुवाइ गर्दै अदालतको यस्तो आदेश आएको हो।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दामा पटकपटक अभिव्यक्ति दिएको तथा कानून व्यवसायीहरूलाई होच्चाएको र इजलासमा भइरहेको बहसलाई तमासा भनि टिप्पणी गरेको भन्दै अवहेलना निवेदन दायर भएको थियो।

ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएको टिप्पणी गर्नुभएको थियो । ९४ वर्षीय वरिष्ठ अधिवक्तालाई लक्षित गर्दै गरेको टिप्पणीले समग्र न्यायपालिकामाथि अवहेलना गरेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने रिट निवेदन गर्नुभएको थियो ।

यस्तै चार जना पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ सुशीला कार्की र पूर्व सभामुख दमननाथ ढुंगनालाई पनि अदालतले लिखित जवाफ सहित उपसिथत हुन भनेको छ ।

चार जना पूर्व न्यायमूर्तिले संयुक्त विज्ञप्ति निकालेर संसद विघटनको विरोध गर्दै सदर गर्न नहुने विचार व्यक्त गर्नुभएको थियो भने पूर्व सभामुख ढुंगानाले संसद विघटन सदर भए न्यायाधीशलाई थुत्ने स्थिति आउन सक्ने टिप्पणी गर्नुभएको थियो ।

यी अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै उहाँहरु विरुद्ध मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *