सन् २०२० : विपद्जन्य घटनाबाट पाँच हजार जनाको मृत्यु

Himalaya Television
२०७७ माघ १४ गते ६:१६

सन् २०२० : विपद्जन्य घटनाबाट पाँच हजार जनाको मृत्यु

१४ माघ २०७७ काठमाडौं । मुलुकमा सन् २०२० मा विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ । विपद्मा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सडक दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड–(१९ का कारण एक हजार ८५६ को मृत्यु भएको छ । पहिरोबाट ३०३ ले ज्यान गुमाएका छन् भने ६४ बेपत्ता छन् । बाढीबाट ४२ को मृत्यु र ३७ बेपत्ता भएको प्राधिकरणले जनाएको छ ।

सर्पदंशबाट २९, आगलागीबाट ५३, चट्याङबाट ८२ जनाको मृत्यु भएको र अन्य विविध घटनाका कारण ५४ जनाले ज्यान गुमाएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उक्त विवरण सन् २०२० को जनावरीदेखि डिसेम्बर ३१ सम्मको हो ।

प्राधिकरणका अनुसार कूल मानवीय क्षति मध्यसडक दुर्घटना र कोभिड¬–१९ बाट मात्रै ८८ प्रतिशत छ । कोभिड–१९ को सङ्क्रमण अझै पनि जारी रहेकाले सावधानी अपनाउन सरकारले सबैमा अनुरोध गरेको छ ।

यसपालि वर्षाको समयमा मुलुकका विभिन्न जिल्लामा बाढी र पहिराले ठूलो जनधनको क्षति भएको छ । बाढी, पहिरो आएर धेरै स्थानमा मानवीय क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिनुभयो ।

प्रभावित अझै पनि अस्थायी टहरामा बसिरहेका छन् । अहिले सरकराले अनुदानमा आवास कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs