Main News

६ वर्षदेखि साङ्लोमा बाँधिएका पौडेलको उद्धार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १३ गते २०:४१
६ वर्षदेखि साङ्लोमा बाँधिएका पौडेलको उद्धार (भिडियो रिपोर्टसहित)

१३ माघ २०७७ मोरङ । ६ वर्षदेखि साँङ्गोले बाँधेर राखिएका मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ हसन्दहका ४० वर्षीय भीमबहादुर पौडेलको आज उद्धार गरिएको छ । साङ्लोले बाँधेर राख्दा पशुतुल्य जीवन बिताएका भीमबहादुरलाई उद्धार गरी विराटनगरको मानव सेवा आश्रममा राखिएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ हसन्दहका ४० वर्षीय भीमबहादुर पौडेल । ६ वर्षदेखि गोडामा बाँधिएको साङ्लोबाट मुक्त भएपछि पौडेलको मुहारमा हाँसो देखियो । मुहारमा हाँसो भए पनि गोडामा साङ्लोले बनाएको डोब अझै केही समय मेटिने छैन ।

खुल्ला छोड्दा घर नफर्कने रोग भएपछि छोरालाई घरमा सुरक्षित राख्न आमा चुँडाकुमारी पौडेलले यो उपाय निकाल्नु भएको थियो । मंगलबार उद्धारका क्रममा पौडेललाई स्याहार गरिरहेकी ७६ वर्षकी आमा चुँडाकुमारी भावुक हुनुभयो ।

६ वर्ष अगाडि भीमबहादुर खुल्लै छाडिँदा ३ महिनासम्म हराउनुभयो । स्थानीयले धेरै खोजी गरेपछि घरमा ल्याएर तै हिड्न नमिल्ने गरी साङ्लोले बाँधेर राखियो । आमालाई सहयोग गर्नुपर्ने छोरोलाई उल्टै ७६ वर्षकी आमा चुँडाकुमारीले सहयोग गर्नु पर्‍यो ।

साँङ्लोले बाँधिएका भीमबहादुर भोक लागे ढुंगा माटो हान्ने, कराउने गर्नु हुन्थ्यो । खान पाएपछि भने डोरी बाटिरहनु हुन्थ्यो । छिमेकीले भीमबहादुरको अवस्थाबारे प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई जानकारी गराएपछि उद्धार गरिएको हो ।

भीमबहादुरलाई उद्धार गरी विराटनगरको मानव सेवा आश्रममा राखिएको छ ।मानव सेवा आश्रममा अहिले २ सय ५४ जनालाई उद्धार गरेर राखिएको छ । आश्रमले गाँस, बास र स्वास्थ्य उपचार मिलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *