Main News

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्वयंसेवक परिचालन गरिने

हिमालय टिभी
२०७७ माघ १३ गते १७:२६
उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्वयंसेवक परिचालन गरिने

१३ माघ २०७७ काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका एक सय जना युवालाई ट्राफिक स्वयंसेवक बनाएर परिचालन गरिएको हो ।

कमजोर ट्राफिक व्यवस्थापन र अस्तव्यस्त भएका ठाउँमा स्वयंसेवक परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

स्वयंसेवकले नागरिकलाई सही तरिकाले सही ठाउँबाट बाटो काट्न सिकाउनेछन ।

सडक दुर्घटना र विपतबाट बच्न तथा कुनै पनि संकटबाट बचाउन नेपाल स्काउटले सधैँ सहकार्य गर्ने नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *