Main News

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

हिमालय टिभी
२०७७ माघ १३ गते १७:१०
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

१३ माघ २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।

४ हजार ५ सय ७४ नमुना परीक्षण गर्दा ३ सय ३ जना संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौं उपत्यकामा १ सय ७२ जना छन् ।

कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । पछिल्लो पटक २ सय ८५ जना संक्रमणमुक्त भएका छन ।

संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ५२ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *