Main News
बालुवाटारमा भएको नागरिक मार्चमा बर्सियो प्रहरीको लाठी, पत्रकारसहित केही घाइते (फोटो फिचरसहित)
२०७७ माघ १२ गते १७:२३

१२ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा निकालिएको नागरिक मार्चमा प्रहरीले लाठी चार्ज गरेको छ ।
काठमाडौंको कमलपोखरीमा माटोको टीका लगाएर शुरु भएको मार्चका सहभागीलाई प्रहरीले बालुवाटार नपुग्दै लाठी चार्ज र पानीको फोहोरा हानेको हो ।
निषेधित क्षेत्र तोडेका कारण बल प्रयोग गर्नु परेको प्रहरीको दाबी छ । प्रहरीको लाठी लागेर केही घाइते भएका छन् । बृहत नागरिक आन्दोलनको आहृवानमा यो मार्च भएको हो ।
प्रधानमन्त्रीले संविधानमा नै नभएको अधिकार प्रयोग गरी प्रतिनिधि सभा विघटन गरेको भन्दै बृहत नागरिक आन्दोलनको ब्यानरमा नागरिक अगुवाहरुले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् । रिपोर्टिङमा गएका कतिपय पत्रकार पनि झडपमा परि घाइते भएका छन् ।
प्रतिक्रिया