Main News

प्रधानमन्त्री ओलीले भने–संविधान र प्रणालीको रक्षा गर्छु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १२ गते १६:३९
प्रधानमन्त्री ओलीले भने–संविधान र प्रणालीको रक्षा गर्छु (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती नदीको पुल उद्घाटन गर्नुभएको छ ।

पुल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले देशलाई अगाडी बढ्न कसैले नरोक्ने भन्दै संविधान र प्रणालीको रक्षा गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिले देशमा विकासको लहर चलिरहेको दाबी गर्नुभयो। राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुल करिव्ब एक अर्ब लागतमा निर्माण भएको हो ।

पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडी नै निर्माण भएको पुलको लम्बाई ८ सय ६० मिटर र चौडाइ साढे १० मिटर छ ।

राप्ती नदीमा पुल नहुदाँ स्थानीय बासिन्दाले बर्षायाममा निकै सास्ती भोग्दै आएका थिए । पुल निर्माण भएसंगै पूर्व पश्चिम राजमार्गबाट गढवा जान निकै सहज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *