Main News
३३९ जना कोरोना संक्रमित थपिँदा दश जना संक्रमितको मृत्यु
२०७७ माघ १२ गते १६:२४

१२ माघ २०७७ काठमाडौं । नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६९७८९ पुगेको छ ।
पछिल्लो पटक चार हजार ८ सय ५८ पीसीआर परीक्षण गर्दा तीन सय ३९ जना संक्रमित थपिएका छन । पछिल्लोपटक काठमाडौं उपत्यकामा एक सय ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०११ पुगेको छ ।
नेपालमा थप ४०१ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६४५३८ पुगेको छ ।
हाल ३२४० जना आइसोलेसनमा छन् भने १३२ जना क्वारन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया