Main News

तीन महिनाभित्र संसद ब्युँतिने नेता भुसालको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १२ गते १५:१९
तीन महिनाभित्र संसद ब्युँतिने नेता भुसालको दाबी (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले ३ महिनाभित्र संसद ब्युँतिने दाबी गर्नु भएको छ ।

भैरहवामा आज संचारकर्मीसँग नेता भुसालले कुनै कारणले ढिलो गरिए सडकबाटै संसद ब्युँतिने दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई दबाबमा पार्न अनेकौं प्रयास गरिरहेको आरोप पनि लगाउनुभयो ।

नेता भुसालले लोकतन्त्रलाई घाइते बनाउँदै संविधान च्यातेर निर्वाचन हुन नसक्ने बताउनुभयो ।

नेता भुसालले निर्वाचन आयोगले केन्द्रीय कमिटीको बहुमतको निर्णय सदर नगरेर आफ्नो औचित्य पुष्टि गर्न नसकेको भन्दै यसबारे आयोगसँग प्रश्न गरिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *