Main News
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता थापाको टिप्पणी–केपी ओलीसँग अर्कै संविधान छ ?
२०७७ माघ १२ गते १५:१०
१२ माघ २०७७ काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान रहेको टिप्पणी गर्नुभएको छ ।
संसद विघटनको विषयलाई लिएर प्रधानमन्त्री ओलीले दिने गरेका अभिव्यक्तिलाई लिएर थापाले प्रधानमन्त्रीमाथि व्यंग्यात्मक टिप्पणी गर्नुभएको हो ।
संवैधानिक इजलासमा बहस गर्दै थापाले अदालत र अरुसँग रहेको संविधान एउटै भएपनि प्रधानमन्त्री ओलीसँग रहेको संविधान फरक भएको टिप्पणी गर्नुभयो ।
वरिष्ठ अधिवक्ता थापाले विगतको संविधानसभामा रहेका न्यायाधीश सपना प्रधान मल्ल, महान्यायाधिवक्ता अग्नि खरेल र नेता सुवासचन्द्र नेम्वाङमाथि पनि प्रश्न उठाउनुभयो ।
पदमा गएर बोलेर बोली फेर्न नपाइने थापाको तर्क छ । संसद विघटनविरुद्ध परेका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।
प्रतिक्रिया