Main News

तस्वीरमा हेर्नुस् बालुवाटारमा प्रदर्शन गरिरहेका अधिकारकर्मीमाथि प्रहरी धरपकड

हिमालय टिभी
२०७७ माघ १२ गते १५:०२
तस्वीरमा हेर्नुस् बालुवाटारमा प्रदर्शन गरिरहेका अधिकारकर्मीमाथि प्रहरी धरपकड

१२ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीलाई प्रहरीले पक्रेको छ ।

प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २६ जना अधिकारकर्मी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा समाजका सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगरलगायत रहेका समाजले जनाएको छ ।


प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले संसद भंग गरेको, राज्य संयन्त्रको दुरुपयोग गरेको र आफूविरोधी व्यक्ति तथा संस्थालाई आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै समाजले बालुवाटार अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य सहित २६ जनालाई गिरफ्तार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *