माघ १४ गतेदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु गरिने (भिडियो रिपोर्टसहित)
११ माघ २०७७ काठमाडौं । सरकारले माघ १४ गतेबाट देशभर कोरोना भाइरसविरुद्ध पहिलो चरणको खोप अभियान शुरु गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको पत्रकार सम्मेलनमा मन्त्री हृयेश त्रिपाठीले भारतबाट अनुदानमा प्राप्त भएको खोप माघ १४ गतेदेखि सातै प्रदेशमा लगाउन शुरु गर्ने बताउनुभयो ।
स्वास्थ्यमन्त्री त्रिपाठीले उहाँले कोरोना खोप निर्धक्क भएर लगाउन अनुरोध गर्नुभएको छ ।
खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ ।
उनीहरूको संख्या दुई लाख २५ हजार सात सय ८२ छ । बाँकी सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी छन् ।
अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो ।
एक भायलमा १० डोज खोप हुन्छ । एक व्यक्तिले दुई डोज खोप लगाउनुपर्छ । पहिलो खोप लिएको २८ दिनपछि मात्रै दोस्रो डोज लगाइनेछ ।
प्रतिक्रिया