Main News

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

हिमालय टिभी
२०७७ माघ ११ गते १६:४२
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

११ माघ २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक थप ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट गत जेठ ४ गते सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको मृत्यु भएको थियो । नेपालमा संक्रमितमध्ये शुन्य दशमलव ७ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

थप २७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमतिको संख्या २ लाख ६९ हजार४ सय ५० पुगेको छ । थप ४०३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६४ हजार १ सय ३७ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ ।

अब देशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १२ जना रहेका छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा १३३ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *