Main News

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता भण्डारीको मानमर्दन गरेकोमा बारका चार पूर्व अध्यक्षको आपत्ति

हिमालय टिभी
२०७७ माघ ११ गते १४:५५
प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता भण्डारीको मानमर्दन गरेकोमा बारका चार पूर्व अध्यक्षको आपत्ति

११ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै नेपाल बार एशोसिएसनका चार पूर्व अध्यक्षले आपत्ति जनाएका छन् ।

उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानून व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको प्रतिक्रिया दिएका छन् । वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको अभिव्यक्तिका विरुद्ध उभिन नेपाल बार र सबै कानून व्यवसायीसँग अपील गर्नुभएको छ ।

बारका चार पूर्व अध्यक्षले प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अवहेलनाजन्य कार्य गरेकोमा जवाफदेही बनाउन अदालतको ध्यानाकर्षण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीमा सत्ताको उन्माद देखिएको बारका पूर्व अध्यक्षहरुको निष्कर्ष छ । संसद पुनःस्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई लिएर तमासा गर्न गएछन्’ भन्ने टिप्पणी गर्नुभएको थियो ।

र, यसको सर्वत्र आलोचना भैरहेको छ । प्रधानमन्त्री ओलीले आफ्नो विरोध गर्ने जति सबैलाई अपमान हुने गरी बोल्दै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *