Main News
प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेकोमा इजलासमा उठ्यो प्रश्न
२०७७ माघ ११ गते १२:५२
११ माघ २०७७ काठमाडौं । संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै कानून व्यवसायीले प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभा विघटनबारे सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले खुलेआम अदालतको अवहेलना गरेको भन्दै इजलासको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रधानमन्त्रीले सार्वजनिक मञ्चहरूमा सर्वोच्च अदालतको विषयमा हस्तक्षेप हुनेगरी अभिव्यक्ति दिइरहेको भन्दै इजलाशको ध्यानाकर्षण गर्नुभएको छ ।
जवाफमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बजारका कुरा सुनिसाध्य नभएको भन्दै इजलासमा उठेका विषय मात्रै सुन्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पछिल्लो पटक सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको विषयलाई लिएर तमासा भइरहेको अभिव्यक्ति दिनुभएको थियो ।
प्रतिक्रिया