Main News

नेकपा स्थायी कमिटीको बैठक आज बस्दै

हिमालय टिभी
२०७७ माघ ११ गते ६:४४
नेकपा स्थायी कमिटीको बैठक आज बस्दै

११ माघ २०७७ काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रचण्ड–नेपाल समूह सडक संघर्षमा छ ।

शुक्रबार काठमाडौंमा उक्त समूहले प्रधानमन्त्रीको कदमको विरोधमा विशाल प्रदर्शन गरेको थियो । आजको बैठकमा शुक्रबार भएको प्रदर्शनको समिक्षा र आगामी विरोधका कार्यक्रमबारे छलफल हुने नेकपाले जनाएको छ ।

शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुबीच माघ ९ गते काठमाडौंमा भएको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।

प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *