Main News

३५४१ जनामा परीक्षण गर्दा २३२ जनामा कोरोना पुष्टि, थप ८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ माघ १० गते १६:४०
३५४१ जनामा परीक्षण गर्दा २३२ जनामा कोरोना पुष्टि, थप ८ जनाको मृत्यु

१० माघ २०७७ काठमाडौं । नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६६९१८० पुगेको छ । हाल नेपालमा ३ हजार ४ सय ५२ जना सक्रिय संक्रमित छन्।

३ हजार ५ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ३२ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९९४ पुगेको छ ।

नेपालमा थप ३८६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको २६६३७३४ पुगेको छ । हाल १ सय ४७ जना क्वारेन्टाइनमा छन्।

देशभर हाल १ सय ७३ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा छन्। १ सय ४७ जना आइसीयु र २६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *