सवारी लाइसेन्सको आवेदनमा कोटा प्रणाली हट्यो
९ माघ २०७७ काठमाडौं । आजदेखि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा लागू कोटा प्रणाली हटाएको छ ।
लाइसेन्सको अनलाइन आवेदन दिन पनि सास्ती हुने भएपछि विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिन मिल्ने गरी प्रणाली व्यवस्थापन गरेको हो ।
विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन सिस्टममा सुधार गरी आजदेखि चाहेको संख्यामा फारम भर्न सकिने व्यवस्था गरिएको बताउनुभयो ।
यसअघि हरेक दिन लाइसेन्स वितरण गर्ने कार्यालयहरुले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था गरेका थिए ।
यस अनुसार दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन पाउँथे । अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट खोल्दा प्रणालीमै समस्या देखिएको थियो ।
प्रणालीमा सुधार गरिएकाले अब सेवाग्राहीलाई त्यस्तो समस्या नहुने विभाग दाबी गरेको छ ।
प्रतिक्रिया