Main News

३१८ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

हिमालय टिभी
२०७७ माघ ७ गते १६:४७
३१८ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

७ माघ २०७७ काठमाडौं । नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६८३१० पुगेको छ । ५ हजार १२ जनाको पीसीआर गर्दा ३१८ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १४५ जनामा कोरोना पुष्टि भएको छ । भक्तपुरमा तीन, ललितपुरमा २६ र काठमाडौंमा एकसय १६ जनामा पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९७५ पुगेको छ ।

नेपालमा थप ३८३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२६४२ पुगेको छ ।

हाल ३६९३ जना आइसोलेसनमा छन् भने १७२ जना क्वारन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर हाल १९८ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा छन्। १६५जना आइसीयु र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *