संसद विघटनमाथिको मुद्दामा अब कानून व्यवसायीले वकालतनामा दर्ता गर्न नपाउने (भिडियो रिपोर्टसहित)
७ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न चाहने कानून व्यवसायीले अब वकालतनामा दर्ता गर्न नपाउने भएका छन् ।
संसद विघटनका मुद्दामा बहस गर्ने कानून व्यवसायीको संख्या धेरै भएको भन्दै सर्वोच्चले वकालतनामा नथप्ने निर्णय गरेको हो ।
सर्वोच्चमा जारी संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले अहिलेसम्म दुई सयभन्दा बढी वकालतनामा परिसकेको र केही अझै दर्ताको चरणमा रहेको भन्दै वकालत नामा नथप्ने बताउनुभएको हो ।
यसबाहेक आजैदेखि मुद्दामा बहस गर्ने कानून व्यवसयायीहरुका लागि समय पनि निर्धारण गरिएको छ ।
यसअघि समय निर्धारण नगर्ने गरिएको भएपनि प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले आजदेखि भने इजलासमा बहसका लागि आधा घण्टाको समय निर्धारण गरिएको बताउनुभएको हो ।
एउटै कानून व्यवसायीले लामो समयसम्म बहस गर्दा मुद्दा निरुपण गर्न ढिलाइ हुने भन्दै यसअघि पनि न्यायधीशहरुले समय व्यवस्थापनका लागि सचेत गर्दै आएका थिए ।समय निर्धारण गरेसँगै अहिलेसम्म निवेदकका तर्फबाट ४ जना कानूनव्यवसायीले बहस गरिसकेका छन् ।
प्रतिक्रिया