प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै नमूना राष्ट्रियसभा बैठक

७ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नमूना संसदमा राष्ट्रिय सभाको बैठक गरी विरोध जनाइएको छ ।
काठमाडौँमा नेपाल टिन लिडर्सको आयोजनामा प्रतिनिधि सभा विघटनको विरोधमा नमूना संसद बनाई राष्ट्रिय सभाको नमूना बैठक गरिएको हो । नमूना बैठकमा बोल्दै सहभागीहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए ।
संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्यबोधका साथ राष्ट्रिय सभाको नमूना बैठक गरिएको नेपाल टिन लिडर्सको इनिसियटर विशाल केसीले बताउनुभयो ।
सडकमा गरिएको नमूना राष्ट्रिय सभाको बैठकमा बोल्ने सहभागीहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भन्दै यसलाई खारेज गर्नुपर्ने विचार राखेका थिए । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सहभागीहरुको भनाइ थियो ।
प्रतिक्रिया