प्रमुख सञ्चार माध्यमका सम्पादकसँग नेकपा प्रचण्ड–नेपाल समूहको छलफल

७ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले देशको पछिल्लो परिस्थितिबारे प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँग छलफल गरेको छ ।
दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित छलफलमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माaधव कुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
नेकपा नेताहरुले संसद विघटनपछिको राजनीतिक परिस्थिति, संसद विघटनविरुद्ध पार्टीले चालेको कदम र सम्पादकहरुको भूमिकाबारे छलफल आयोजना गरिएको जानकारी दिएका छन् ।
छलफलका क्रममा अध्यक्ष माधव कुमार नेपालले केपी ओलीसँग तुलना गरेर उस्तै–उस्तै हुन् भन्दा आफूलाई पोल्ने गरेको बताउनुभएको छ ।
आफूले गल्ती गरेको भए स्वीकार्न तयार रहेको बताउँदै अध्यक्ष नेपालले नगरेको गल्तीको भारी बोक्न आफू तयार नभएको बताउनुभयो । जम्मै नेता उस्तै हुन् भनेर नकारात्मक भ्रम फैलाइएको बताउँदै नेपालले समाजमा राम्रा मान्छेहरु पनि रहेको बताउनुभयो ।
प्रतिक्रिया