प्रचण्डले ओलीलाई चेतावनी दिँदै भने–तपाई अब सिद्धिनुभयो, भित्तामा पुर्याइदिन्छु (भिडियो रिपोर्टसहित)

६ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्तिको डिजाइनमा राजतन्त्र ल्याउने अभियानमा लागेको आरोप लगाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनलाई विदेशी शक्तिसँग मिलेर गरेको प्रपञ्चको संज्ञा समेत दिनुभएको छ । आफु निकट प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलामा प्रचण्डले राजतन्त्र पुनर्स्थापना गर्ने र देशलाई निरंकुशता तर्फ धकेल्न प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफूलाई प्रयोग गरेर माधव नेपाललाई पाखा लगाउँछु भन्ने सोंचेको भन्दै प्रचण्डले आफु कठोर भए ओलीलाई भित्तामा पुर्याउन सक्ने चेतावनी पनि दिनुभयो ।
प्रचण्डले सरकारविरुद्धको आन्दोलन आक्रामक बनाउने भनि यसअघि दिएको अभिव्यक्तिको प्रतिरक्षा पनि गर्नुभयो । संविधानसभा जनताको आन्दोलनबाट आएको र यसको रक्षाका लागि अब जनतामै जाने उहाँको भनाइ छ ।
प्रतिक्रिया