Main News
त्रिवि शिक्षण अस्पतालको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात
२०७७ माघ ६ गते १७:१०

६ माघ २०७७ काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात भएको छ ।
उपचाररत बिरामीको मृत्यु भएपछि आफन्तले आवासीय चिकित्सक डाक्टर सविन भण्डारीमाथि हातपात गरेका हुन् ।
त्रिवि शिक्षण अस्पतालमा निमोनिया भएर उपचाररत गुल्मीका ६२ वर्षीय वृृद्धको मृत्यु भएपछि आफन्तहरुले डाक्टरमाथि कुटपिट गर्नुको साथै आइसीयू कक्षमा तोडफोडसमेत गरेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले जनाकारी दिनुभयो ।
बुटवलमा एकहप्तासम्म आइसीयुमै उपचार गराएर शिक्षण अस्पताल ल्याइएका ती बिरामीमा निमोनिया देखिएपछि फ्लु परीक्षणका लागि टेकु पठाइएको बताइएको छ ।
आफूमाथि हातपात भएको भन्दै चिकित्सकहरुले अबदेखि कोभिडका बिरामीको उपचार नगर्ने भन्दै निर्देशकको कार्यकक्षमा धर्ना दिएका छन् ।
प्रतिक्रिया