Main News

४३०६ जनामा परीक्षण गर्दा ३२२ जनामा कोरोना पुष्टि, थप ६ जनाको मृत्यु

हिमालय टिभी
२०७७ माघ ५ गते १६:३२
४३०६ जनामा परीक्षण गर्दा ३२२ जनामा कोरोना पुष्टि, थप ६ जनाको मृत्यु

५ माघ २०७७ काठमाडौं । नेपालमा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ६ जनामा परीक्षण गर्दा ३२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७६४४ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा ६५ महिला र ९९ पुरुष गरी १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १४१ जना काठमाडौंका, ७ जना भक्तपुर र १५ जना ललितपुरका हुन् ।

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९६५ पुगेको छ ।

नेपालमा थप ३७४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६१८१८ पुगेको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या २ सय २१ छ।

आज देशभर ३ हजार ८६१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १ हजार १०२ जना संस्थागत आइसोलेसनमा छन् । १६१ जनाको उपचार आइसीयूमा र ३४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *