Main News
संसद विघटनविरुद्ध आन्दोलन चर्काउन नागरिक अगुवाहरुले गरे अपील (भिडियोसहित)
२०७७ माघ ५ गते १५:०९

५ माघ २०७७ काठमाडौं । नागरिक अगुवाले संसद विघटनविरुद्धको आन्दोलन चर्काउन नागरिक समाजलाई अपील गरेका छन् ।
संसद विघटनलाई प्रतिमगन भन्दै उनीहरुले आन्दोलन सशक्त बनाउन अपील गरेका हुन् । भिडियो सन्देश दिँदै नागरिक अगुवा डाक्टर देवेन्द्रराज पाण्डेले संसद विघटन लोकतन्त्रमाथिको प्रहार भएको बताउँदै आन्दोलनमा जोड दिनुभएको छ ।
पाण्डेले राजनीतिक दललाई आन्दोलनका लागि घचघच्याउन र विकृति–विसंगति अन्त्यका लागि पनि नागरिक आन्दोलनले भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
यस्तै अर्का नागरिक अगुवा मल्ल के सुन्दरले संसद विघटनजस्तो प्रतिगामी कदम स्वीकार गर्न नसकिने बताउँदै आन्दोलनमा उत्रन अपील गर्नुभएको छ ।
प्रतिनिधि सभा विघटनको विरोधमा बृहत नागरिक आन्दोलनको ब्यानरमा प्रदर्शन हुँदै आएको छ ।
प्रतिक्रिया