राजनीति

अध्यक्ष नेपालले भने–ओली कहिल्यै एमाले थिएनन् (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ४ गते १८:२७
अध्यक्ष नेपालले भने–ओली कहिल्यै एमाले थिएनन् (भिडियोसहित)

४ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सबै षड्यन्त्र चकनाचुर पारेरै छोड्ने दावी गर्नुभएको छ ।

बर्दियामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओली सनकमा चलेको र देशले दुख पाइरहेको टिप्पणी गर्नुभयो । ओलीले पार्टीमा प्रश्न उठाउँदा पार्टी र संसदमा प्रश्न उठाउँदा संसद नै भंग गरिदिएको आरोप लगाउनुभयो ।

बालुवाटार छोड्दा प्रधानमन्त्री ओलीले बालुवाटारनै ध्वस्त गरिदिन सक्ने नेपालको आशंका छ ।

प्रधानमन्त्री ओली कहिल्यै पनि एमाले नभएको केवल मदन भण्डारी फाउण्डेशनको नेता मात्रै भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्