Main News

अनलाइनमार्फत विद्युतीय सामान विक्रीका नाममा ठगी गर्ने दुई जना पक्राउ

हिमालय टिभी
२०७७ माघ ४ गते १७:४५
अनलाइनमार्फत विद्युतीय सामान विक्रीका नाममा ठगी गर्ने दुई जना पक्राउ

४ माघ २०७७ ललितपुर । ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान विक्री गर्ने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका २ जनालाई आज सार्वजनिक गरेको छ ।

प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरेर ठगी गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहामैनपुर घर भएका प्रमोद साह र पर्सा जिल्ला बहुदरमाइ घर भएका मेवालाल साह छन् ।

पक्राउ परेका दुबैले फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, मोबाइल, घडी, ल्यापटपजस्ता सामान बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने भन्दै विज्ञापन गर्ने, सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिइ ठगी गर्ने गरेका थिए ।

सार्वजनिक गरिएका ब्यक्तिले बजार मूल्यभन्दा सस्तोमा सामान दिन्छु भनेर फेसबुकमा विज्ञापन गरेको देखेपछि शंका लागि प्रहरीले अनुसन्धान गर्दै जाँदा ठगी धन्दा भएको खुलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *