Main News
चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन आव्हान
२०७७ माघ ४ गते १३:२०
४ माघ २०७७ काठमाडौं । चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि नेपाल मेडिकल काउन्सिलले आवेदन आह्वान गरेको छ ।
लाइसेन्स परीक्षाका लागि काउन्सिलले अनलाइन आवेदन आह्वान गरेको हो । भोलिदेखि अनलाइन फारम भर्न सकिने काउन्सिलले सूचनामार्फत जानकारी गराएको छ ।
माघ २४ गतेसम्म नियमित शुल्क र त्यसपछि २५ र २६ गते बिलम्ब शुल्क तिरेर फारम बुझाउन सकिने सूचनामा उल्लेख छ।
यसका साथै काउन्सिलले फागुन ९ र १० गते ५९औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा गर्ने तयसमेत गरिसकेको छ ।
प्रतिक्रिया