Main News
कोरोना संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको मृत्यु
२०७७ माघ ४ गते १२:४६

४ माघ २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विदेशमा थप २ जना नेपालीको निधन भएको छ।
बेलायत र दक्षिण अफ्रिकामा १–१ जना गरी पछिल्लो साता थप २ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको हो ।
यससँगै देश बाहिर २० देशमा हालसम्म ३ सय १९ जना नेपालीको कोरोना संक्रमणकै कारण मृत्यु भएको संघ अन्तर्गतको स्वास्थ्य समितिको भनाइ छ । गएरातिसम्ममा विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण भएको छ ।
तीमध्ये ५२ हजार ९ सय ४५ जना संक्रमणमुक्त भएका छन् । यो संख्या कूल संक्रमितको ९५ प्रतिशत हो । यस साता बेलायत, जापान, दक्षिण अफ्रिका लगायत मध्यपूर्वमा रहेका थप नेपालीमा संक्रमण देखिएको छ।
प्रतिक्रिया