Main News

माउन्ट केटुमा नेपालका १० जना पर्वतारोहीले बनाए कीर्तिमान

हिमालय टिभी
२०७७ माघ ३ गते १९:१४
माउन्ट केटुमा नेपालका १० जना पर्वतारोहीले बनाए कीर्तिमान

३ माघ २०७७ काठमाडौं । नेपालका १० जना पर्वतारोहीले विश्वकै दोस्रो उच्च शिखर माउन्ट केटुको हिउँदयाममा आरोहण गरेर कीर्तिमान बनाएका छन् ।

पाकिस्तानस्थित केटु हिमालमा हिउँदयाममा अहिलेसम्म कुनै पनि आरोही पुग्न सकेका थिएनन् । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमालमा मात्रै हिउँदमा आरोही पुग्न सकेका थिएनन् ।

नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले आज साँझ ५ बजेर ४५ मिनेटमा ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गर्नुभएको हो ।

दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेका छन् । आधार शिविरमा रहेका छाङदावा शेर्पाले आरोहण सफल भएको जानकारी दिनुभएको छ । सुरुमा तीन ओटा समूहमा विभाजित पर्वतारोही अन्तिममा एकसाथ शिखरमा पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *