Main News

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, २४० संक्रमित थपिए

हिमालय टिभी
२०७७ माघ ३ गते १८:००
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, २४० संक्रमित थपिए

३ माघ २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक थप २ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । तीन हजार ८ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा यो संख्या थपिएको मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

जसमध्ये ४ हजार ५८ जना सक्रिय संक्रमित छन् । थप ४ सय ७७ जना संक्रमणमुक्त भएको छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *