सत्ताधारी पार्टीभित्र भएको ‘कपटपूर्ण तमासा’ले व्यवधान सिर्जना भयोः प्रधानमन्त्री ओली (भिडियोसहित)
३ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताधारी पार्टीभित्र भएको ‘कपटपूर्ण तमासा’ले व्यवधान सिर्जना गराएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ को प्रदेश सम्पर्क कमिटीले काठमाडौँमा गरेको कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले नेकपाभित्र चरम अराजकता र अनुशासनहिनता बढ्दै गएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “हामो पार्टीमा जस्तो भाँडभैलो, अराजकता र अनुशासनहिनता संसारमा कहीँ देख्नुभएको छ ? आफ्नै अध्यक्षका विरुद्ध टेलिभिजनमा गयो मनपरी बोल्यो । त्यत्ति अराजकता, त्यत्ति अनुशासनहिनता कही देख्नुभएको छ ? ”
उहाँले प्रचण्ड–नेपाल समूहलाई संसदीय प्रणालीको अभ्यास र बहस गर्न सुझाव दिनुभयो । उहाँले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आक्षेप लगाउने काम गरिएकोमा रोष प्रकट गर्नुभयो ।
के म मान्छे मार्दै, विधवा बनाउँदै, दुनियाँलाई रुवाउँदै हिडुँ ?विभत्स दृश्य हेरेर दुनियाँ रुवाएर, कसैको खेत खोसेको छ । कसैको पैसा खोसेको छ । रुवाउने पनि एउटा तरिका हुन्छ । नेपाली जनता हाँसेकोमा किन पिर परेको होला ? रुवाउन खोजेका थियौ । सक्तैनौ । सकेनौ । रुवाउन दिइने छैन ।
देश बरबाद पार्न नदिने
प्रधानमन्त्री ओलीले देश बरबाद पार्न नपाएको चिन्ता मानेकाहरुले आफ्नो खुसीलाई देख्न नसकेको दाबी गर्नुभयो । सरकारले सम्पूर्ण जनताको खुसीका लागि अभिभावकको काम गरिरहेकाले जनतालाई रुवाउन खोज्नेहरुको प्रयास सफल हुन नदिने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “केही मान्छेहरु कोकोहोलो मच्चाएर हिँडेका छन् । केहीलाई पिर पनि परेको छ । ओलीले संविधान च्यात्यो । कहाँ देख्नुभयो उहाँहरुले ? संविधान च्यात्यो । धुजाधुजा पा¥यो । यस्तो देशै वरबाद हुन लागेको बेला पनि केपी ओली मुस्कुराईराखेको छ । उहाँहरुले देश बरबाद पार्न नपाएकोमा चिन्ता मात्रै हो । उहाँहरुले देश बरबाद पार्न खोज्नुभएको थियो । ”
उहाँले प्रश्न गर्नुभयो “के म मान्छे मार्दै, विधवा बनाउँदै, दुनियाँलाई रुवाउँदै हिडुँ ?विभत्स दृश्य हेरेर दुनियाँ रुवाएर, कसैको खेत खोसेको छ । कसैको पैसा खोसेको छ । रुवाउने पनि एउटा तरिका हुन्छ । नेपाली जनता हाँसेकोमा किन पिर परेको होला ? रुवाउन खोजेका थियौ । सक्तैनौ । सकेनौ । रुवाउन दिइने छैन । ”
उहाँले लामो समय संघर्ष गरेर प्राप्त उपलब्धिलाई कसैको इशारा र स्वार्थका कारण गुम्न नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो “देश प्रतिगमनतर्फ फर्कन सक्तैन । देश अगाडि बढ्छ । ”
निर्वाचन नचाहने र सत्ता कब्जा गर्ने मनसायले अघि बढेकाहरुले निर्वाचनको विरोध गर्नुका साथै अदालतलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको दाबी गर्नुभयो । लोकतन्त्रका कुरा गर्ने तर निर्वाचनमा जान डराउनेहरु असली पार्टी आफुहरु रहेको भन्दै निर्वाचन आयोग पुगेर चुनाव चिन्हमा दाबी गर्न पुगेको बताउनुभयो । एकपटक पनि सुर्य चिन्हबाट चुनाव नलडेकाहरुले सुर्य चिन्हमा दाबी गरेको बताउनुभयो । उहाँले भन्नुभयो “सुर्य चिन्ह चाहिन्छ भने बैठकमा आउनुहोस् । ”
न्यायाधीशलाई भेटेको छैन
प्रधानमन्त्री ओलीले न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौति दिनुभयो । उहाँले भन्नुभयो “मैले यसपटक मात्रै होइन , शायद कहिलेही भेटेको छैन ।”
उहाँले झुट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम गरेको उल्लेख गर्नुभयो । उहाँले भेटघाटबारे समाचार छाप्ने संञ्चारमाध्यमलाई ‘झुट बोल्ने कर्तव्यको ठेक्का लिएको ’संज्ञा दिनुभयो ।
उहाँले भन्नुभयो “न्यायप्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणालीमाथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ । उहाँहरु यस कुरालाई प्रमाणित गरेर देखाउन सक्छुहुन्छ ? ”
उहाँले मिडियामार्फत लोकतान्त्रिक संस्थाहरुमाथि हमला गर्ने काम भएको बताउनुभयो । उहाँले भन्नुभयो “एउटा पत्रिका जो झुट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ । हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ । आज फेरी पनि के न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर आज पनि समाचार आएको छ । लाज पनि लाग्न पर्छ । लोकतान्त्रिक संस्थाहरुमाथिको हमला । ”
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संबैधानिक इजलासमा रिट निवेदकको तर्फबाट विघटित प्रतिनिधिसभाकी सांसद शशी श्रेष्ठले प्रश्न उठाउनुभएको थियो ।
मन्त्रिपरिषद्ले संसद विघटन गर्ने सम्बन्धमा गरेको निर्णयमा धारा खुलाइएको छैन’ भन्नेहरुलाई उहाँले प्रश्न गर्नुभयो “प्रतिनिधिसमा विघटन गरेर निर्वाचनमा जाँदा त्यसको निर्णय गर्दा धारा खुलाएर गर्नुपर्छ भनेर संविधानको कुन धारा, कुन ऐनको धारामा छ कुन नियमावलीमा छ ? सर्वोच्चमा बहस गर्न जाँदा त्यत्ति त थाहा हुनुपर्छ नि ।
मन्त्रिपरिषद्को निर्णयबारे
उहाँले केही विषय नपाएपछि मन्त्रिपरिषद्ले प्रतिनिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा धारा खुलाइएको छैन भनेर टिप्पणी गरेको बताउनुभयो । ‘मन्त्रिपरिषद्ले संसद विघटन गर्ने सम्बन्धमा गरेको निर्णयमा धारा खुलाइएको छैन’ भन्नेहरुलाई उहाँले प्रश्न गर्नुभयो “प्रतिनिधिसमा विघटन गरेर निर्वाचनमा जाँदा त्यसको निर्णय गर्दा धारा खुलाएर गर्नुपर्छ भनेर संविधानको कुन धारा, कुन ऐनको धारामा छ कुन नियमावलीमा छ ? सर्वोच्चमा बहस गर्न जाँदा त्यत्ति त थाहा हुनुपर्छ नि । ”
आफुहरुको कीर्ते गर्ने चलन नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो “साढे ३ बजे दर्ता गर्न लगेकोमा साढे १०ः४० मै म कहाँ आएको थियो भनेर कीर्ते सनाखत गरेर चल्ने हाम्रो चलन छैन । ”
उहाँले प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतको हुर्मत लिने काम गरेको र संसद विघटन भइसकेका बेलामा निर्वाचन गराउन हुँदैन भनेर धम्की दिदै हिँडेको बताउनुभयो ।
उहाँले भन्नुभयो “प्रतिनिधिसभा विघटन भइसक्यो । निर्वाचन गर्न हुँदैन भनेको छ, देशलाई कहाँ लान खोजेको ? ….अनि उहाँहरु धाक लगाउनुहुन्छ …. ‘नत्र हामी सडकबाटै यो गछौ त्यो गछौ भनेर ।”
उहाँले पार्टीको बैठकमा सहभागी हुन पनि प्रचण्ड–नेपाल समूहलाई आव्हान गर्नुभयो । उहाँले भन्नुभयो “परिस्थितिको आँकल गरिसक्नुभएको होला नि ? अब आउनुहोस् । अध्यक्षको पद खोसेको छैन । आउनुहोस् । वरिष्ठको पद पनि खोसेको छैन । आउनुहोस् । ”
पुस २९ गते काठमाडौंमा प्रचण्ड–नेपाल समूहले गरेको कार्यक्रममा प्रचण्डले दिएको अभिव्यक्तिको खण्डन गर्नमै आफ्नो अधिकांश समय खर्चेका प्रधानमन्त्री ओलीले सरकारको विकासको चाहना र प्रयास असाधारण रहेको र त्यो अघि बढिरहेको पनि बताउनुभयो । उहाँले अस्पताल उद्घाटन लगायतका कामहरुको फेयरिस्त नै प्रस्तुत गर्नुभयो ।
प्रतिक्रिया