Main News

सीमा क्षेत्र व्यवस्थापनका लागि थप पहल थर्ने विषयमा नेपाल–भारत सहमत

हिमालय टिभी
२०७७ माघ २ गते १८:१९
सीमा क्षेत्र व्यवस्थापनका लागि थप पहल थर्ने विषयमा नेपाल–भारत सहमत

२ माघ २०७७ काठमाडौं । नेपाल-भारत दुवै पक्षले सिमाक्षेत्र व्यवस्थापनका लागि थप पहल गर्ने निर्णय गरेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा बसेको नेपाल–भारत संयुक्त आयोगको बैठकमा वीरगञ्ज र विराटनगरमा बनाइएका चेकपोष्टले सीमा सुरक्षालाई सहज पारेको निष्कर्ष पनि निकालको छ ।

बैठकमा स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जा, जलस्रोत, तेल, ग्यास, राजनीतिक सुरक्षा मुद्दाहरु, सीमा व्यवस्थापन, विकास साझेदारी र संस्कृति अभिवृद्धिलगायतका क्षेत्रमा थप सम्बन्ध विस्तार गर्ने बारेमा पनि छलफल भएको छ ।

बैठकमा नेपालले भारतमा उत्पादन हुने कोरोनाविरुद्धका दुई खोप कोभिशिल्ड र कोभ्याक्सिन यथाशक्य छिटो उपलब्ध गराइदिन आग्रह गरेको छ ।

कोरोना भाइरसको माहामारीविरुद्ध लड्न दुवै देशबीचको सहकार्यको विषयमा पनि बैठकमा छलफल भएको छ । यस्तै मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने र सिल्गुढीदेखि झापासम्म पनि नयाँ पाइपलाइन विस्तार गर्ने बारेमा पनि बैठकमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतले पशुपतिनाथ रिभरफ्रन्ट र पाटन दरबारमा भण्डारखाल बगैंचा निर्माणका लागि अनुदानसहित सहयोग गर्ने प्रस्ताव गरेको छ ।

बैठकमा नेपालले भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्यमा समर्थन र साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै नेपाल–भारत संयुक्त आयोगको अर्को बैठक उपयुक्त समयमा नेपालमा बस्ने सहमति पनि यो बैठकमा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *