थप ४४५ जनामा कोरोना पुष्टि, पाँच जनाको मृत्यु

२९ पुस २०७७ काठमाडौं । नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६६२४३ पुगेको छ । जसमध्ये ४ हजार ४ सय ३४ जना सक्रिय संक्रमित छन्।
काठमाडौं २४६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९ जनालाई कोरोना संक्रमण देखिएको छ। आज काठमाडौंमा २ हजार ३०५ ललितपुरमा २९० र भक्तपुरमा १०२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९३७ पुगेको छ ।
नेपालमा थप ४१४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५९७७२ पुगेको छ । हाल २ सय ३७ जना क्वारेन्टाइनमा छन्।
देशभर हाल १ सय ७९ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा छन्। १ सय ४४ जना आइसीयु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया